विश्व कप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्ड खेल्दै

 मंसिर १८, २०७९ आइतबार ८:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग टू शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

खेल दिउँसो पौने २ बजे विन्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भए पछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टू खेलिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया