नेपाल नामिबियासँग फेरि पराजित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्यूठान जिल्लाको ऋणी भएको बताउनुभएको छ ।
नेकपाको भातृ संगठन प्यूठान–काठमाडौं सम्पर्क मञ्चले गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रचण्डले प्यूठानले देशको राजनितिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरे पनि आफू र राज्यले प्यूठानको लागि खास काम गर्न नसकेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनका हस्ती जन्माउने प्यूठानको विकासमा अब सबै मिलेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले तल्ला कमिटीको पनि एकता प्रकृया चाँडै टुंगिने बताउनुभयो ।
‘केही शक्तिले हाम्रो एकता दिगोहुन नदिन षड्यन्त्र गरिरहेका छन, तर हामी उनीहरुको त्यो योजना पूरा हुन दिनेछैनौँ’, उहाँले भन्नुभयो ।
सरकारले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै प्रचण्डले अब विकास निर्माणका कामले गति लिने पनि दावी गर्नुभयो ।
‘पहिलो गियरमा हुँदा गाडीले पनि गति नलिएको जस्तो हुन्छ, असन्तुलित जस्तो हुन्छ, तर गियर परिवर्तन गर्दै जाँदा स्पिड लिन्छ, सरकार पनि अब गियर चेन्ज गरेर काम गर्छ र नागरिकलाई दुइतिहाइको अनुभव दिन्छ’, प्रचण्डले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रेम बहादुर बिश्वकर्मा
Oct. 6, 2018, 10:47 p.m.माननीय नेता ज्युहरुले कार्यक्रममा मिठा भाषण दिन खप्पिस हुनुन्छ तर काम पटक्कै गर्नु हुन्न केपि ओलि ज्यु त आस गर्नु र गफ दिने मात्र हो भने प्रचण्ड त झन चाप्लिसे कहिले काङ्ग्रेस सङ्ग ठिक्क कहिले एमाले सङ्ग उहा त देश बिकास भन्दा पार्टी मिलाउन बेस्त काङ्ग्रेस सङ्ग हुदा एमालेलाई दोष एमाले सङ्ग हुदा काङ्ग्रेसलाई दोष दिने त प्रचण्डको निरन्तर काम नै भयो।यी नेता त भ्रष्ट नै हुन त्यस्मा पटकपटक भोट हलेर तिनैलाइ जिताउने नेपाली जनता भेडो हुन अहिलेसम्म भन्न लायक ३/३ वटा काम बताउन सक्छन् यि नेता हरु देशको लागि १%काम गरेका छैनन केवल मोजमस्ती र गफ अनि यास आरम बाहेक