सरकारको आलोचना नगर्न रक्षामन्त्री पोखरेलको आग्रह

 असोज २०, २०७५ शनिबार १२:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न सबैलाई आग्रह गर्नु भएको छ । 

उपप्रधानमन्त्री पोखरेलले ३ वर्ष अघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन् ?’ भनेर खोजी गर्न केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति संकेत गर्दै संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले विगतका सरकारले नगरेको संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले अरु कामलाई अघि बढाउन नसकेको पनि स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार मेल नखाने नीति, विधि र संरचना खारेज गर्ने घोषणा पनि गर्नुभयो । शनिबार धोबीखोला करिडोर परियोजनासम्बन्धी नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले काठमाडौंको ढल, सडक, खानेपानीलगायतका संस्थाहरुको संरचना अन्तरविरोधी रहेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया