गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – बागमती नदी किनारका सुकुम्वासीले विराेध प्रदर्शन गरेका छन् । आज साेमवार सयौँको सङ्ख्यामा उपस्थित सुकुम्वासीले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा भएकाे विराेध प्रदर्शनमा उनीहरूले वैकल्पिक व्यवस्थाविना गरिएको उठिबास सह्य नहुने चेतावनीसमेत दिए ।
र्यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षाैँदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्थाविना गरिएको उठिबास सह्य नहुने चेतावनी दिनुभयो । उहाँले वैकल्पिक बसोवासविनाकाे उठिबास नागरिक अधिकारमाथिको हनन भएको बताउनुभयो । उहाँले सरकारले सुकुम्वासीसँगकाे वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।
सुकुम्वासीले र्यालीका क्रममा विना विकल्प उठिबास बन्द गर्, वार्ता र संवादको ढोका खुला गर्, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता गर्, उठिबासको त्रास बन्द गर्, नागरिकको अधिकार सुनिश्चित गर् लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
गएकाे मङ्सिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाण्डाै महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको उनीहरूको आरोप छ । उनीहरूले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।