कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 माघ ८, २०८१ मंगलबार ९:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणाली पनि रहेकाले आंशिकदेखि साधरणतया बदली रही उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । काठमाण्डौ उपत्यका तथा तराईका केही ठाउँमा अहिले हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि हट्दै जाने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया