ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि 'फ्लाइओभर' को काम सुरु हुँदै, २ वर्षभित्र सम्पन्न हुने

 मंसिर १९, २०७९ सोमबार १६:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि 'फ्लाइओभर' को काम सुरु हुने भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी आउँदो शुक्रवार 'फ्लाइओभर' को कामकाे उद्घाटन हुने सडक विभागले जनाएको छ । 

१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गर्न लागेको जानकारी दिनुभयो ।

सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् । फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया