मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, केही दिनमै उपभोक्ताको धारामा पठाउने तयारी

 मंसिर १९, २०७९ सोमबार १६:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गएको सोमवार सुरुङमा पठाएको पानी गए राति सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

यसअघि वर्षाका कारण सुरुङमा पानी पठाउन बन्द गरिएको थियो । सुन्दरीजलमा आइपुगेको पानीले सुरुङ पखालेर अहिले सुरुङ भर्न थालेको र अब केही दिनमा काठमाण्डौ उपत्यकामा वितरण सुरु हुने पन्तले बताउनुभयो । अब झन्डै छ महिनासम्म दैनिक १७ करोड लिटर पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

मेलम्चीको मुहानमा 'हेडवर्क्स' को काम नसकिएकोले वर्षा लागेपछि भने सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने हुन्छ । मेलम्चीको पानी काठमाडौ उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया तत्काल कार्यान्वयनका लागि अगाडि बढिरहेको पनि मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी पन्तले बताउनुभयो ।

२०७८ असार १ गतेको बाढीले आयोजनाको बाँध र 'हेडवर्क्स'मा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो हप्तासम्म काठमाण्डौमा पानी वितरण गरिएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मधुसूदन ढकाल

    Dec. 7, 2022, 8:06 p.m.

    यस प्रोजेक्ट बारेमा गफ् हानिएको धेरै वर्ष भयो । जनतालाई अब धेरै नझुक्याउ। घरको धारामा पानी झरेपछि मात्र पत्याइनेछ है?

  •  0 Reply

तपाईको प्रतिक्रिया