काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या १०० जनाभन्दा तल झर्‍याे

 मंसिर १९, २०७९ सोमबार २०:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनाभन्दा तल झरेको छ । 

पछिल्लो २४ घण्टामा १८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९२ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ सय ८९ जनाको नमुना परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया