अर्घाखाँचीमा हल गोरु पाल्ने किसानलाई सम्मान
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै - महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।
गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताउनुभएको छ । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।
दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि जोड दिनुभएको छ । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए ।
महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतीय पक्षलाई आग्रह गरिसकेको छ ।
बङ्गाबगड रिङ्गलताल क्षेत्रभन्दा माथि सहमति नभइ थप काम नगर्न भारतीय पक्षलाई भनेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो । भारतले दार्चुलाको सदरमुकाम खलङ्गा पारिपट्टि महाकाली नदीमा एकतर्फी बाँध बनाएका कारण बर्खामा नेपालतर्फको भूभाग बग्ने र डुब्ने जोखिम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।