८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा १३.७ मेगावाटको फलाखु खोला जलविुद्यत आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
चोङकिङ वाटर टर्वाइन बक्स एण्ड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २०६९ चैत ६ गते पीपीए भएको थियो । २०७३ साउन १६ गते निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइए पनि समयमै निर्माण कार्य सुरु नभएपछि म्याद थपिएको थियो । थपिएको म्याद सकिन चार महिना मात्रै बाँकी छ । थपिएको म्याद अनुसार आउँदो माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
आयोजनाले अहिलेसम्म जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण लगायतका कार्य सम्पन्न गरेको बेत्रावती हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष अनिल जोशीले बताउनुभयो । निर्माणस्थलसम्म लाइन निर्माण गरिएको उहाँले बताउनुभयो । यो आयोजना निर्माण सुरु भएको २६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यार्सामा हेडबक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ । आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ । दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहने आयोजनाले जनाएको छ ।
उत्पादित विद्युत त्रिशुली थ्री बी हबमा जोडिने छ । आयोजनाले १४ किलोमिटर प्रशारण लाइन निर्माण गर्नु पर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।