बुइपामा यलम्बर पार्क निर्माण गरिने

 असोज २०, २०७५ शनिबार १४:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ, – खोटाङको बुइपामा एलम्बरको शालिकसहितको पार्क स्थापनाको काम अघि बढाइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपामा किराती समुदायका प्रथम राजा यलम्बरको शालिकसहितको पार्क निर्माणको काम अघि बढाइएको हो । 

बुइपाको ३० रोपनीभन्दा बढी सरकारी जग्गामा यलम्बरको ६५ फिट अग्लो प्रतिमा राख्ने गरी पार्क निर्माणको काम थालिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । यलम्बर पार्क नाम दिइएको आधुनिक पार्क निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ७२ लाख बजेट विनियोजन गरेको छ ।

टिकट काटेर प्रवेश गर्न सकिने यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, बिश्राम गर्ने, फलामे कुर्सी, फ्रि–वाईफाई, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवा सुविधा र संरचना निर्माण गरिने बताइएको छ । केही समयपछि सम्झौता गर्ने तयारी गरिएको पार्क चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण गरिने वडाध्यक्ष राईले बताउनुभयो ।

यलम्बरको शालिक निर्माण र स्थापनाको कामका लागि भने छुट्टै बजेट व्यवस्था गर्ने तयारी गरिएको छ । शालिक स्थापनाका लागि केही दिनअघि प्रारम्भिक सर्भेका काम गरिएकाले डीपीआरको काम अघि बढाइने वडा कार्यालयले जनाएको छ ।

बुइपामा निर्माण गरिने यलम्बरको शालिक अहिलेसम्म बनेका यलम्बरको शालिकमध्येकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया