आफ्नो परिसरमा रहेका फोहर ३५ दिनभित्र व्यवस्थापन गरिसक्न सबै कार्यालयलाई काठमाण्डौ महानगरको आग्रह

 मंसिर २१, २०७९ बुधबार ९:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

महानगरले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयले आफ्नो परिसरमा नियमित सरसफाइ नगरेका कारण सिङ्गो सहरको सुन्दरतामा ह्रास आएको जनाएको छ ।

जताततै छरिएका पुराना उपकरण तथा अन्य फोहर ३५ दिनभित्र व्यवस्थापन गर्न महानगरको वातावरण तथा कृषि विभागले सूचना निकालेर ती निकायलाई आग्रह समेत गरेको छ । काठमाण्डौ महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुले परिसरमा रहेका सबै प्रकारका फोहर ३५ दिनभित्र व्यवस्थापन नगरेमा फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० को कानूनी व्यवस्था अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै महानगरले फोहरमैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नाम समेत सार्वजनिक गर्ने सूचनामार्फत जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया