विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

 मंसिर २१, २०७९ बुधबार ९:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हिजो मुद्दा दायर गर्नु भएको हो ।

उहाँ यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित हुनुभएको थियो । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै  गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ । रुपन्देही क्षेत्र नं. २ मा एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १ सय ४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी गणेश पौडेलले २५ हजार ७ सय ८२ मत पाउनुभएको थियो ।

चुनावसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया