गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला लाग्ने भएको छ । नेपालको एकमात्र इलेक्ट्रिकल एवम् इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरकै बृहत् प्रदर्शनी हुन लागेको हो ।
मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरुको प्रदर्शनी हुनेछ। मेलाले इलेक्ट्रोनिक व्यवसायी, इञ्जिनियर विद्यार्थीलगायत सबै सरोकारवालालाई लाभ दिने नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताउनुभएको छ ।
आइतवारसम्म चल्न मेलामा झण्डै एक लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेलामा अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु प्रदर्शनीमा राखिने अध्यक्ष पौडेलले बताउनु भयाे। सन् १९९६ देखि हरेक २ वर्षमा हुँदै आएको मेला कोरोना महामारीका कारण यस पटक ४ वर्षमा हुन लागेको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।