लमजुङकाे भुजुङमा 'हनी हन्टिङ'

 मंसिर २३, २०७९ शुक्रबार १६:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँ पुगेको एक समूहले 'हनी हन्टिङ' गरेको छ । नेपाली ख्याति प्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत झन्डै दुई सय जनाको टोली 'हनी हन्टिङ' का लागि लमजुङ पुगेका थिए ।

हिजाे बिहीवार बिहान काठमाण्डाैबाट गएको टोलीले आज शुक्रवार क्व्हाेलासाेथार गाउँपालिका ४ भुजुङको घिम्चे भिरमा मह काढेकाे हो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले 'हनी हन्टिङ' को आयोजना गरिएको आयोजक स्पार्क एड्भेन्चर प्रालिले जनाएको छ ।

मह काढ्ने भिरमा पुगेका क्याप्टेन विजय लामाले मह काढ्ने सिकारीहरू 'एड्भेन्चर' को 'रियल हिरो' भएको बताउनुभएकाे छ । त्यस्तै कलाकार विपीन कार्कीले आफैँलाई गएर भिरमा मह काढौँ–काढौँ जस्तो लागेको बताएका छन् ।

'स्पार्क एडभेन्चर २०२२' मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, विमान चालक क्याप्टेन विजय लामा, कलाकार विपीन कार्की, वर्षा सिवाकोटी, मधुसूदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहितको टाेली भुजुङ पुगेको स्पार्क समूहका अमरदीप भट्टराईले जानकारी दिनुभयाे । 

काठमाण्डाैबाट बेसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने, भिर मह काढ्ने स्थलमा पुगेर अवलोकन गर्ने र  होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेसीसहर फर्किने कार्यक्रम रहेको छ । शुक्रवार बेलुकी बेसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने र २४ गते काठमाण्डाै फर्कने कार्यक्रम रहेको भट्टराईले बताउनुभयाे ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

लमजुङको भुजुङमा झन्डै चार सय घर एकै ठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि एक हजार छ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेसीसहरदेखि ३६ किलोमिटर उत्तर–पश्चिम क्षेत्रमा पर्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया