फ्लिम हलमा विश्व कप नदेखाउन चलचित्र विकास बाेर्डकाे पत्राचार

 मंसिर २३, २०७९ शुक्रबार १६:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो ।

बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

बोर्डले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई पनि गराएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया