बझाङ : बसकाे ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले सडक बन्द गरे
चैत १९, २०७९ आइतबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८ औँ दीक्षान्त समारोह आज शुक्रवार भएको छ । २०७८ असार १ गतेदेखि गएको जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार दुई सय ३७ विद्यार्थी आज दीक्षित भएका छन् । तर दीक्षान्त समारोहमा सहभागिताका लागि झन्डै १० हजार दुई सय ३७ विद्यार्थीले फारम भरेका थिए ।
तस्बिर : रासस
ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ कलेजको प्राङ्गणमा भएको समारोहमा त्रिविका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सहभागी हुनुभएकाे थियाे । यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतको सेन्टर युनिभर्सिटी अफ पन्जाबका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी सहभागी हुनुभयो ।
तस्बिर : रासस
समारोहमा एमफिल, विद्यावारिधि र स्नातकोत्तरमा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई पदक पनि वितरण गरिएको थियाे । कोभिड सङ्क्रमण जोखिमका कारण नतिजा प्रकाशनमा ढिलाइ भएसँगै विद्यार्थी सङ्ख्यासमेत कम भएको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अनिशा चाैलागाईंकाे फेसबुकबाट
सिम्रन तामाङकाे फेसबुकबाट
अविनास दाहालकाे फेसबुकबाट
पूर्णभद्र सापकाेटाकाे फेसबुकबाट
न्याैपाने सराेजकाे फेसबुकबाट