चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै ग...
माघ ८, २०८१ मंगलबार
सर्लाही - सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।
बालविवाह अन्त्य गर्ने तथा छोरी शिक्षामा पहुँच पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । गाउँपालिकाले माध्यमिक शिक्षा कक्षा १२ उत्तीर्ण गरेका छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ नगद दिने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
अभियान अन्तर्गत अध्यक्ष महतोले कक्षा १२ उत्तीर्ण गरेकी २२ वर्षीया रेणु सिंहलाई प्रोत्साहनका लागि विवाहस्थलमा पुगेर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । रेणु सिंहले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको हो ।
बालविवाह अन्त्य गर्न र छोरी शिक्षालाई निरन्तरता दिन गाउँपालिकामा यो कार्यक्रम सुरु गरिएको अध्यक्ष महतोले बताउनुभयो । त्यसैगरी पालिकाले छात्रालाई उच्च शिक्षा अध्ययनका लागि पनि नगद ११ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।