कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात...
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ – खो–खो विश्वकपको पहिलो संस्करणमा उपविजेता भएका नेपाली पुरुष तथा महिला टोली हिजो स्वदेश फर्किएका छन् ।
भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा अस्ति आइतवार भएको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेता भएका थिए । महिला टोलीले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।
समूह चरणमा बङ्गलादेश, श्रीलङ्का, भुटान र जर्मनीलाई नेपालले पराजित गरेको थियो । पुरुषतर्फ भने समूहचरणमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हरायो । यसैगरी नेपालले क्वार्टर फाइनलमा बङ्गलादेशलाई पन्छाउँदै भारतसँग भेट पक्का गरेको थियो ।
यसैबीच पहिलो विश्वकपमा नै उपविजेता भएर दुवै नेपाली खो–खो टोलीले खेलकुदमा पाएको यो ऐतिहासिक उपलब्धि भन्दै दुवै टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।