सभामुख महराले भने, मन्त्रीहरुको हस्तक्षेपलाई गम्भीर रुपमा लिएको छु

 असोज २०, २०७५ शनिबार १९:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको कुरालाई आफूले गम्भीरताका साथ लिएको बताउनु भएको छ ।

संसदीय मामिला पत्रकारितासम्बन्धी संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसदको विकास तथा प्रविधि समितिको निर्णयमा संचारमन्त्रीले हस्तक्षेप गरेको र सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

आफूले  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  यादवसँगको सम्बादमा सांसदलाई कारबाही नभई मन्त्रालयको निर्णय छानबिन गरेर कारबाही हुन्छ भनेर जवाफ दिएको उहाँले बताउनुभयो ।

मन्त्रीहरूका यी गतिविधिले सरकारले सदनलाई छाँयामा पार्न खोजेको हो कि भन्ने पत्रकारहरुको जिज्ञासामा सभामुख महराले संसद सरकारको छाँयामा नभई ‘वाचडग’ भएर निरन्तर सरकारका सबै गतिविधि निगरानीमा राख्ने पनि बताउनुभयो ।

पत्रकारहरूलाई कुनै पनि समितिमा बन्देज नभएको भन्दै सभामुख महराले  समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताउनुभयो । 

राज्य व्यवस्था समितिमा पत्रकारलाई निषेध गरिएको प्रसंगमा सभापतिहरूले संसदीय प्रक्रिया सिकिरहेकाले नआत्तिन पनि आग्रह गर्नुभयो । संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय भएका मन्त्रीहरूका हस्तक्षेपको विषय सम्बन्धित मन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया