बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

 मंसिर २४, २०७९ शनिबार १८:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा पुस्तक लोकार्पण गरिएकाे हाे । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए । 

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताउनुभयाे । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो’, उहाँले भन्नुभयाे ।

बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गर्नुभयाे । लेखकले कथा कल्पिँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उहाँले बताउनुभयाे ।

याेभन्दा पहिले बुद्धिसागरका चर्चित उपन्यास ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ एवम् ‘बुद्धिसागरका कविता प्रकाशित भइसकेका छन् । ‘एक्लो’ उहाँकाे तेस्राे उपन्यास र चाैथाे कृति हाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया