रुकुम पूर्वमा एउटै वडाका तीन जना सांसदका लागि सिफारिस

 मंसिर २६, २०७९ सोमबार १०:३१:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको एकै वडाबाट तीन जना सांसदको लागि सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट तीन जनाको नाम सिफारिस भएकाे हाे । 

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस हुनुभएको छ । उहाँ आदिवासी जनजाति महिलातर्फबाट सिफारिस हुनुभएको हो ।  

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की दिलकुमारी बुढामगर र नेकपा (एमाले) की सरिका पुनमगर सिफारिसमा पर्नुभएको हो । उहाँहरु पनि आदिवासी जनजाति महिलातर्फको कोटाबाट सिफारिसमा पर्नुभएको हो । 

फरक–फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस उहाँहरू तीनै जना पुथाउत्तरगङ्गा–१० निवासी हुनुहुन्छ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया