जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द

 मंसिर २६, २०७९ सोमबार १४:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जिल्ला अस्पताल खोटाङको एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरको अनुपस्थितिमा अस्पतालको एक्स–रे सेवा बन्द भएको हो । 

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका सिलसिलामा भारत गएका र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो । 

वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताउनुभयो । जिल्ला अस्पतालले मङ्सिर २५ देखि २९ गतेसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको छ ।

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्स–रे हुँदै आएको थियो । अहिले एक्सरे मेशिन बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया