रङ्गरोगन गरेर चिटिक्क पारिँदै गण्डकी प्रदेश सभा

 मंसिर २६, २०७९ सोमबार २०:२७:९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभा हल र परिसर नयाँ सांसदको स्वागतमा रङ्गरोगन गरेर चिटिक्क पारिँदै छ । पहिलो सभा सकिएर दोस्रो सभा सुरु नभएको अवस्थामा भौतिक संरचना मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको गण्डकी प्रदेश सभाका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयाे । 

प्रदेश सरकारले छुट्याएको दश लाख रुपैयाँ बजेटमा सभा हलको मर्मत, दलका कार्यालय व्यवस्थित गर्ने, सभामुख, उपसभामुख, पदाधिकारीका आवास भवन मर्मतलगातय काम पनि भइरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयाे । जुनसुकै बेला सरकारले अधिवेशन आह्वान गर्न सक्ने भन्दै तयारी गर्न लागिएकाे उहाँकाे भनाइ छ ।  

गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २७, नेकपा एमालले २२ सिट, नेकपा माओवादी केन्द्रले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई र राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि नेकपा एसकाे एक सिट रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया