अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सयभन्दा धेरै जनाको ज्यान गयो

 वैशाख २९, २०८१ शनिबार १८:२६:२० | एजेन्सी
unn.prixa.net

एजेन्सी

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाकाे ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर प्रान्तमा आएको ठूलो बाढीले अवस्था भयावह बनाएको बाग्लानका उपगभर्नर मुल्ला आलम माजिदीले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै बाग्लानमा तीन सय जनाभन्दा धेरै मानिसको ज्यान गएको र हजारौं घरहरू नष्ट वा क्षतिग्रस्त भएको बताएका छन् । बाढीले बिजुली र सडकसमेत अवरुद्ध हुँदा क्षतिको वास्तविक विवरण समेत सरकारसमक्ष पुग्न सेकेको छैन ।

विद्यालय, अस्पताल र सामुदायिक भवनसमेत बाढीमा बगेका कारण मानिसलाई उद्धार गरेर राख्ने ठाउँकोसमेत अभाव रहेको खबरमा उल्लेख छ । आँधी र बाढीले बदाख्शान र सामन्गानसहित अन्य उत्तरी प्रान्तका अधिकांश भागमा पनि क्षति पुर्‍याएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया