एन्फा महिला लिग फुटबल : बाग्मती युथ क्लब र वालिङ नगरपालिका ख...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज साेमवार दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छेडागाड नगरपालिका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् । यस्तै जीपको चालकसमेत रहेका दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्काको पनि ज्यान गएको छेडागाड नगरपालिकाका उपमेयर थापाले जनाकारी दिनुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती आएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको उपमेयर थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ ।
जीप मध्यपहाडी लोकमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।