विश्व कप फुटबल : अर्जेन्टिनाबाट मेस्सी सर्वाधिक गोलकर्ता, धेरै खेल खेल्ने कीर्तिमान बराबरी

 मंसिर २८, २०७९ बुधबार ६:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले समग्रमा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् ।

लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको खेलमा जुलियन अल्भारेजले २ र कप्तान मेस्सीले १ गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । मेस्सी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्व कपको सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

मेस्सीले विश्व कपमा ११ गोल गरेर ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका छन् । बाटिस्टुटाले १० गोल गरेका थिए । मेस्सीले फिफा विश्व कपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन्।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबरी गरेका हुन् । अब हुने फाइनल खेलमा मेस्सीले विश्व कपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउने भएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया