विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

 मंसिर २८, २०७९ बुधबार ७:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् ।

खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ ।

फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्। मोरक्को विश्व कपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश हो । यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया