८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
ओखलढुंगा–ओखलढुंगाको एक मात्र विमानस्थल रुम्जाटारमा दुई वर्षपहिले अवरुद्ध भएको उडान अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न वाहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उठान रोकिएको दुई वर्ष बितिसकेको छ ।
सरोकारवाला निकायले चासो नदिएपछि रुम्जाटार विमानस्थलको उडान अनिश्चित भएको हो । निर्वाचनका बेलामा दलका नेताहरुले उडान सुचारु गराउने प्रतिबद्धता समेत जनाएका थिए । सिद्धिचरण नगरपालिका वडा नं. ४ मा पर्ने यो विमानस्थलको उडान नियमित गर्ने वर्तमान मेयर मोहन श्रेष्ठको मुख्य कार्यसूची थियो । रुम्जाटारकै प्रशेद सभाका सांसद अम्बिरबाबु गुरुङले पनि मुख्य चुनावी एजेण्डा बनाएका थिए । तर, चुनावपछि कसैको चासो नहुँदा उडान सुचारु हुन सकेको छैन ।
यात्रु अभाव भएको वाहानामा नेवाल बायु सेवा निगमले रोकेको उडान सुरु गर्न निमगसमक्ष नगरपालिकाले आग्रह गरे पनि सुनुवाइ नभएको हो । सांसदसहित निगमका प्रमुखसँग छलफल भए पनि उडान सुचारु नभएको सिद्धिचरणका मेयर मोहन श्रेष्ठले बताउनुभयो ।
अहिले रुम्जाटार विमानस्थल घुमघाम गर्ने र खोटाङ र सोलुतिर उडान भर्दा समस्या आए ल्याण्ड गर्ने स्थल मात्रै बनेको छ । कालोपत्रे गरिएको विमानस्थल दुई वर्षपहिले बाटै उडान अवरुद्ध छ । यो विमानस्थलमा पूर्वी पहाडमा हवाइ इन्धन केन्द्र बनाउन समेत उपयुक्त भएको विज्ञले बताए पनि वायु सेवा निगमको वेवास्ताका कारण चल्न नसकेको हो । चाडबाडका समयमा सवारी साधन रिजर्भ गरेर ओखलढुंगा आउनु पर्ने सर्वसाधारण रुम्जाटारमा उडान भएमा सहज रुपमा जिल्ला आउने जाने गर्न सक्थे ।
रुम्जाटारमा उडान नहुँदा यात्रेले सेवा त पाउन सकेका छैनन्, नै ओखलढुंगाका दुई ओटा अस्पतालबाट रेफर गरिएका बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । स्थानीयले विमानस्थल संचालन गराउन माग गरे पनि विभिन्न वाहनामा निगमले उडान सुरु गरेको छैन ।
जिल्लाको पूर्वी क्षेत्रमा सेवा दिने विमानस्थल बन्द छ भने पश्चिमी क्षेत्रका लागि खिजीदेम्वा गाउँपालिकामा निर्माणाधीन विमानस्थल आधा काम नहुँदै अलपत्र अवस्थामा छ । निर्माण पूरा गराउन सम्बन्धित निकायले चासो दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।