मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता
फागुन २८, २०८१ बुधबार
काठमाडौं – नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य हुन थालेको छ । दुई दिन अघिसम्म अस्तव्यस्त यो खण्डमा हिजोदेखि गाडीको आवागमन सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगा नौबिसे सडकखण्डमा पर्ने पिपलामोडमा सडक कालोपत्रे गर्ने काम सकिएकाले जाम कम भएको हो ।
यस्तै हरेक दिनको जामले यात्रुले सास्ती पाएपछि प्रहरीले विशेष टोली खटाएको छ । ट्राफिक प्रहरीको विशेष टोली पनि मोटरसाइकलसहित ठाउँ ठाउँमा खटिएका छन् । गाडी बिग्रिए तुरुन्त हटाउने उपकरण पनि राखिएकाले जाम हट्न थालेको नागढुंगाका प्रहरी नायब निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक विभागले बिग्रिएका गाडी हटाउन लोडरको व्यवस्था गरेको छ । नागढुंगा नौबिसे खण्डमा गाडी बिग्रंदा र पिचको कामले धेरै जाम हुने गरेको थियो । यो खण्डमा १५ दिनसम्म यात्रु १० घण्टासम्म जाममा बस्न बाध्य भएका थिए । तर अब गाडीको आवातजावत सामान्य भएकाले ढुक्क भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
नागढुंगा नौबिसे सडकखण्डमा अस्थायी चौकी राखेर प्रहरीले गाडीको व्यवस्थापन सुरु गरेको छ । यस्तै कलंकी– नागडुंगासम्मको यात्रा पनि केही सहज भएको छ । हरेक दिनको जाम र बढ्दो धुलोका कारण असर परेको भन्दै स्थानियबासिन्दाले आन्दोलन गरेपछि यो सडकखण्डका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।