एन्फा महिला लिग फुटबल : बाग्मती युथ क्लब र वालिङ नगरपालिका ख...
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ – काठमाडौ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले काठमाण्डौको मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाण्डौ महानगरले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउँदै त्यसलाई पुनर्जीवित गर्नुपर्ने बताउनु भयो । यसका निम्ति आफूले सकेको भूमिका निभाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाले मौलिकता गुमाएको छ । तर ती मौलिकतालाई पुनर्जीवित गर्नका महानगरले विभिन्न प्रयास गरिरहेको छ । त्यो प्रयासमा हामीले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । मौलिकता पुनर्जीवित गर्नका लागि म सकारात्मक छु ।’
उहाँले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिङ्गो देशकै मौलिकतालाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।