पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

 पुस १, २०७९ शुक्रबार ९:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।

कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।

पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए । तर सम्झौता अगाडि नै उनी बर्खास्त भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया