विश्व कप फुटबलमा तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

 पुस २, २०७९ शनिबार ६:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् ।

खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया