इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
भुटानमा राजनीतिक बन्दीकाे रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) को अमेरिका च्याप्टरले र्यालीकाे आयोजना गरेको छ । डिसेम्बर १७ नाम दिइएको र्याली पेन्सेल्भेनिया राज्यको क्यापिटल कम्प्लेक्समा आयोजना भएको हो । भुटानी राजनीतिक बन्दीलाई आममाफीको माग गर्दै पेन्सेल्भेनिया राज्यमा पहिलो पटक र्याली आयोजना गरिएकाे हो ।
र्यालीमा स्थानीय भुटानी समुदायका सदस्यको पनि सहभागिता थियो । र्यालीमा सहभागी भएका ४० जनाभन्दा धेरै अभियन्ताले भुटानका कारागारमा दशकौँदेखि कैदीबन्दी बनाइएका राजनीतिक बन्दीलाई विना सर्त रिहाइको माग गरेका छन् ।
अमेरिका च्याप्टरका संयोजक सीएम निरौला र युवा संयोजक आशिका धौरालीको संयोजकत्वमा भएको र्यालीमा स्थानीय भुटानी नेताहरू नारद अधिकारी, टीका ढुंगाना, डाक्टर नारद पोखरेल, समिक्षा सुवेदी र मान घलेले र्यालीलाई सम्बोधन गर्दै विना सर्त रिहाइको माग गर्नुभयो । भुटानमा जन्मकैदको सजाय भोगिरहेका चतुरमान तामाङका भाइ पासाङ तामाङले भुटानका राजासमक्ष व्यक्तिगत निवेदन दिनुभएको थियो । अभियानले स्वर्गीय डाक्टर भम्पा राई र स्वर्गीय किशोर राई, दुई प्रमुख भुटानी कार्यकर्ताको सम्मानमा स्मृति सभा पनि आयोजना गरेको थियो । प्रख्यात भुटानी सामुदायिक नेता तथा पूर्व एम्नेस्टी इन्टरनेशनल प्रिजनर अफ साइन्स र अहिले एसिया प्यासिफिक अमेरिकन अफेयर्स–पेन्सिलभेनियाका गभर्नरको सल्लाहकार आयोगका विश्वनाथ क्षेत्री, भुटानी बुद्धिजीवी माधव शर्मा, भुटा–नेसका पूर्व सांसद केबी चुवान, युवा पुस्ताका भुटानी नेता सोनिया प्रधान, समिक्षा सुवेदी र दीक्षा चुवान लगायत पनि र्यालीमा सहभागी हुनुहुन्थ्यो ।
ग्लोबल अभियानले शान्तिपूर्ण विचारको मौलिक अधिकारको सम्मान गर्दै सबै राजनीतिक बन्दीलाई तुरुन्त रिहा गर्न भुटानको शाही सरकार र राजालाई दबाब दिनका लागि विभिन्न काम गरिररहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।