पीएम कप क्रिकेटमा काेशीले मधेशलाई ४७ रनले हरायाे

 माघ ७, २०८१ सोमबार १८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे समूह 'बी' काे खेलमा काेशी प्रदेशले मधेश प्रदेशलाई ४७ रनले हराएकाे छ ।

कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो । मधेशकी प्रतिमा शाहले सबैभन्दा धेरै १७ रन बनाइन् । मधेशका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काेशीकी रुबिना क्षेत्रीले ३ विकेट लिइन् ।

यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेट गुमाएरु १ सय ६ रन बनायो । कोशीकी कप्तान रुबिना क्षेत्रीले ५७ रन बनाइन् । मधेशकी प्रतिमा शाहले २ विकेट लिइन् ।

यो जितसँगै कोशी ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार २ खेल हारेको मधेश पुछारमा छ ।

प्रतियोगिताको समूह 'ए' बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश 'सुपर फोर' मा पुगिका छन् । 'सुपर फोर' मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया