सप्तरीमा ५ जना युवाकाे मृत्युकाे कारण अत्यधिक जाँड–रक्सी खानु र चेतनाकाे कमी : मन्त्रालय

 पुस ३, २०७९ आइतबार १९:३५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच जनाको मृत्यु उपचार नपाएर नभइ अत्यधिक जाँड–रक्सी खाएका कारण उत्पन्न समस्याले गर्दा भएको दाबी गरेको छ । 

उपचार नपाएर कञ्चनरूप गाउँपालिकाका पाँच जना व्यक्तिको ज्यान गएको भनि विभिन्न सञ्चारमाध्ययमा खबर प्रकाशन भएपछि मन्त्रालयले स्थलगत निरीक्षण गर्दा उपचार नपाएर ज्यान गएको कुरा सत्य नभइ जाँड–रक्सी खाएकाे र चेतनाकाे कमीले भएको पाइएको दाबी गरेको हो ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा वडा नम्बर ५ का सुरज सदाले अत्यधिक जाँड–रक्सी खाएको कारण विदेशबाट फिर्ता पठाएको र जाँड–रक्सीका कारण कलेजो काम नलाग्ने भएका सदाको उपचारकै क्रममा ज्यान गएको दाबी गरेको छ । यस्तै वडा नम्बर ८ का चन्दु सदा र वडा नम्बर ९ का भिखो खङ्गको पनि जाँड–रक्सीकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयको दाबी छ । वडा नम्बर ४ का राजदेव सदाको उपचारको क्रममा एक वर्षअघि नै काठमाण्डौमा ज्यान गएको र वडा नम्बर ४ की बबिता पासवान जन्मताज सुस्त मनस्थितिकी रहेकी र अवस्था बिग्रिएर उपचारकै क्रममा ज्यान गएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तिमा मन्त्रालयले कञ्चनरूप नगरपालिकाले नगरप्रमुख निःशुल्क घरदैलो स्वास्थ्य शिविरलगायतका स्वास्थ्य जाँच तथा अरू स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रम गरिरहेको दाबी पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया