प्रदेश-१ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको सम्भावना

 पुष ५, २०७९ मंगलबार ८:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, अहिले तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ ।

हिमपात र हुस्सु कुहिरोका कारण  देशभर चिसो बढ्दै गएको छ । मौसम आंशिकदेखि सामान्य बदली भइरहे पनि पानी पर्न भने सकेको छैन । नेपालमा अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। यही प्रणालीका कारण मौसम बदली भए पनि पानी पर्ने गरी असर नपरेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया