एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो ।
३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यसवर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना तेस्रो पटक विश्व कप उपाधि जित्न सफल भयो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले विश्व कपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । पाँचौँ पटक विश्व कप खेलेका मेस्सीले यो विश्व कपमा समग्रमा ७ गोल गरेका थिए । विश्व कपमा अर्जेन्टिनासँग पराजित फ्रान्सका किलियन एम्बापेले प्रतियोगितामा आठ गोल गरी गोल्डेन बुट जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।