सोलुखुम्बुको नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाखको क्षति

 पुष ६, २०७९ बुधबार ७:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हिजो बेलुका स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा ५ वटा घर जलेका हुन् ।

आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्ण रुपमा जलेको र प्रणय राईको घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।

रमेश बस्नेतको घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रुपमा जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको, बुद्धि बहादुर कार्कीको घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबरको, गणेश बस्नेतको घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुँदा १ करोड बराबरको र कल्पना बस्नेतको घरसहित भित्र रहेको फेन्सी पसल र मोबाईल पसल जल्दा १ करोड ४० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

त्यसैगरी प्रणय राईको पक्की घरमा सामान्य क्षति पुग्दा २ लाख बराबरको नोक्सान भएको छ । आगो सोलुदधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयबासिन्दालगायतको सहयोगमा निभाइएको थियो ।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया