प्राधिकरणले गर्‍याे चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

 असोज २१, २०७५ आइतबार १७:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गाको मलेखु गाउँपालिका ३ को फुयालगाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा-१४, को माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्ती, मेलम्ची नगरपालिका-१२ गिरान्चौरकाे सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं शंखरापुर नगरपालिका ७ पुखुलाछिकाे सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी,  गिरान्चौरकाे सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १ सय ३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख बढेको छ । हालसम्म ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको हो । २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा रहेका प्राधिकरणले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया