बिहेमा नाच्न नदिँदा झगडा, एक जनाकाे ज्यान गयाे

 पुष ६, २०७९ बुधबार १३:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

पर्सा – पर्सामा बिहेकाे पार्टीमा झगडा हुँदा एक जनाकाे ज्यान गएकाे छ । हिजाे राति भएकाे झगडामा पर्साकाे जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतकाे ज्यान गएकाे हाे ।

त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै-झगडा हुँदा कुटपिट भएर सैमुल्लाहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले ज्यान गएकाे घोषणा गरेकाे हाे । 

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएकाे थियाे । झगडा हुँदा जाजुल राउत गद्दीसमेतकाे टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया