इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको छ । वातावरण विभागले गएकाे पुस १ गतेदेखि सुरु गरेको छड्के जाँचका क्रममा गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब रहेको पाइएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आज बुधवार उपत्यकाका विभिन्न ठाउँमा गरी ४० वटा गाडीको धुवाँ परीक्षण गरेकोमा २३ वटा गाडी प्रदूषण जाँचमा 'फेल' भएकाे उहाँले बताउनुभयो । यसअघि गरिएका जाँचमा पनि अवस्था यस्तै देखिएको छ । भाडामा चल्नै धेरै गाडी प्रदूषण जाँचमा 'फेल' भएका छन् । विभागले विशेषगरी डिजलबाट चल्ने जीप, भ्यान, बस लगायतको परीक्षण गर्दै आएको छ ।
प्रदूषण जाँचमा 'फेल' भएका गाडी धनीलाई पाँच हजार रुपैयाँ जरिबाना तिराएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको उहाँले बताउनुभयो । गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउने पनि उहाँले बताउनुभयो ।
विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा छड्के जाँच गरिरहेको छ । टोलीले प्रदूषण जाँच गर्ने 'स्मोक डेन्सिटीमिटर' मार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको छ । अहिले काठमाण्डौ उपत्यकमा वायु प्रदूषण खराब अवस्थामा पुगेको छ । उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको र यसको नियन्त्रणका लागि गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको विभागले जनाएको छ । काठमाण्डौ उपत्यकापछि देशका अरू सहरहरूमा पनि प्रदूषण जाँचको तयारीमा रहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।