राेनाल्डाेले मेसीलाई समर्थन गरेकाे भन्दै भाइरल फाेटाे गलत

 पुष ६, २०७९ बुधबार २०:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

थग लाइफ काठमाण्डु नामक फेसबुक पेजमा मंसिर २९ गते गरिएकाे पाेस्ट

कतारमा हालै सम्पन्न फुटबल विश्वकपका विषयमा सामाजिक सञ्जालमा विभिन्न मिथ्या र भ्रामक सामग्री फैलाइएका छन् । तीमध्ये पाेर्चुगलका खेलाडी क्रिस्टियानाे राेनाल्डाेले अर्जेन्टिनी खेलाडी लियाेनल मेसीकाे समर्थन गरेकाे भन्दै एउटा फाेटाे नेपाली सामाजिक सञ्जाल प्रयाेगकर्ताले भाइरल बनाएका छन् ।

‘जाेक्स नेपाल’ नामक फेसबुक पेजमा गत *पुस १ गते राेनाल्डाेले टेलिभिजन स्क्रिनमा देखिएका मेसीलाई समर्थन गरेकाे भन्दै फाेटाे र स्टाटस पाेस्ट गरेकाे थियाे । साे पाेस्ट उसले हटाएकाे छ [स्क्रिनसट] । राेनाल्डाेले आफ्नाे छाेराे र श्रीमती दुवै मेसीकाे फ्यान भएकाे र आफूले पनि फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने अ‌ंग्रेजीमा लेखिएकाे स्टाटसमा उल्लेख छ । ट्वीटर र फेसबुकमा सेयर गरिएकाे उक्त पाेस्ट ‘थग लाइफ काठमाण्डु’ नामक फेसबुक पेजमा पनि भेटिएकाे छ  [स्क्रिनसट]। 

फेसबुकमा हालै भाइरल फाेटाे र राेनाल्डाेले इन्स्टाग्राममा २ वर्षअघि सेयर गरेकाे फाेटाेकाे तुलना  

तथ्य जाँच 

यस भाइरल फाेटाेकाे तथ्य जाँचका लागि हामीले साे फाेटाेलाई गुगलमा रिभर्ज इमेज सर्च गर्याैँ । याे विधिमा गुगलले पहिले प्रकाशित भइसकेका तस्बिर देखाइदिन्छ । हामीले सर्च गर्दा राेनाल्डाेले २०७७ साल असाेज २९ गते साे तस्बिर आफ्नाे इन्स्टाग्राम अकाउन्टमा पाेस्ट गरेकाे फेला पार्याैँ । गाेल डटकमका अनुसार त्यस दिन युइएफए नेसन्स लिग अन्तर्गत स्वीडेनका विरुद्धकाे खेलमा काेभिडका कारण राेनाल्डाे पाेर्चुगलबाट खेल्न पाएका थिएनन् । उनले आफ्नाे टाेलीका सदस्यलाई हाैसला दिन टिभीमा स्टेडियमकाे दृश्यसहित आफ्नाे फाेटाे सेयर गरेकाे फेला परेकाे छ ।

साेही तस्बिरलाई ताेडमराेड गरी हालै विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेसीकाे तस्बिर राखी साे पाेस्ट भाइरल बनाइएकाे पाइयाे । 

अर्जेन्टिनी खेलाडी मेसीकाे तस्बिर देखाउँदै पाेर्चुगलका खेलाडी राेनाल्डाेले आफू र आफ्नाे परिवार मेसीकाे फ्यान भन्दै सामाजिक सञ्जालमा भाइरल पाेस्टकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।

नेपाल चेकबाट

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया