बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

 पुष ७, २०७९ बिहीबार ८:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ ।

बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक, एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन्  ।

आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ । जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुन सक्ने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया