स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौतीमा सत्तारुढ दलकै सांसदको आलोचना

 असोज २१, २०७५ आइतबार १८:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दलकै सांसदहरुले  स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौती गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौती गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गर्नु भएको हो ।

संघीय संसद अन्तरगतको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले निर्माणाधीन आयोजनाको कामलाई अलपत्र पार्ने काम नगर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले साना आयोजनाको जिम्मा किन स्थानीय तहलाई नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले साना आयोजना स्थानीय तहलाई दिने प्रतिवद्धताबाट सरकार किन हटेको भन्दै अर्थ मन्त्री डा. युवराज खतिवडालाई प्रश्न पनि गर्नुभयो ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै राजश्व सचिव शिशिरकुमार ढुंगानाले खर्चको प्रभावकारिता हेरेर मन्त्रालयले आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरेको बताउनुभयो । उहाँले सरकारले साना, ठूला सबै आयोजनाको निर्माण कार्यलाई उत्तिकै प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

राजस्व सचिव ढुंगानाले राजश्व संकलनको कामलाई प्रभावकारी बनाउन सरकारले विद्युतीय प्रणालीको विकासमा जोड दिएको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया