साम करन बने आईपीएल इतिहासकै महँगा खेलाडी, १८ कराेड ५० लाख भारुमा पन्जाबमा अनुबन्ध

 पुष ८, २०७९ शुक्रबार १६:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । 

केरलाकाे काेचीमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब किङ्ग्सले १८ कराेड ५० लाख भारु (२९ करोड ५० लाख रुपैयाँ) मा अनुबन्ध गरेकाे हाे । उनकाे 'बेस प्राइस' दुई कराेड भारु थियाे । यसअघि उनी चेन्नई सुपर किङ्ग्समा आबद्ध थिए । सन् २०१९ मा करनले पन्जाबबाटै खेलेका थिए ।

यसअघि आईपीएल अक्शन इतिहासमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस माेरिस सर्वाधिक महँगा खेलाडी बनेका थिए । सन् २०२१ काे अक्शनमा उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे थियाे । 

२३ वर्षीय अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीन दाेस्राे नम्बरमा छन् । उनलाई मुम्बई इन्डियन्सले १७ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे छ । उनी पहिलाे पटक आईपीएलकाे हिस्सा बनेका हुन् । 

यस्तै वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकाेलस पुरन तेस्राे नम्बरमा छन् । २७ वर्षीय पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ कराेड भारुमा अनुबन्ध गरेकाे छ ।

इङ्ग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक चाैथाे नम्बरमा छन् । २३ वर्षीय ब्रुकलाई सनराइजर्स हैदराबादले १३ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे छ । उनी पनि पहलाे पटक आईपीएलकाे हिस्सा बनेका हुन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया