इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै - अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासियर चेकहरु लुटिएको जानकारी दिएको छ ।
गएको डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरमा सङ्कलित मनी अर्डर र क्यासियर चेकहरु लुटिएको दूतावासको भनाइ छ । कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टन सहरबाट वासिङ्टन डीसी जाने क्रममा पार्किङमा राखिएको गाडी तोडफोड भइ लुटिएको उल्लेख छ ।
दूतावासले घटनाबारे ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटनलगायतका निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको पनि जानकारी दिएको छ । दूतावासले कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गरेका सबै नेपाली सेवाग्राहीलाई सम्भव भएसम्म मनी अर्डर र क्यासियर चेक रद्द गर्न आग्रह पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।