साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

 असोज २२, २०७५ सोमबार ७:०:६ | रासस
unn.prixa.net

साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् । 

टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भने, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।” 

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खसाेग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए । 

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसाेग्गी वाणिज्य दूतावास गएको र त्यहीँबाट मङ्गलबार वेपत्ता भएका थिए । खसाेग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ । 

खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आएका थिए । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ । 

महाबाणिज्यदूतावासका अधिकारीहरूले पत्रकार खसोग्गीको बर्बरतापूर्ण रूपमा हत्या गरेको आफूहरूले थाहा पाएको बताए । तर साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दावी गरेका छन् । 

टर्कीका सुरक्षा अधिकारीले खसोग्गीलाई अमेरिकी समाचार संस्था एपीसँगको कुराकानीमा साउदी अरबको महाबाणिज्य दूतावासमा मारिएको दावी गरे । तर एक अर्का अधिकारीले अप्रत्यक्ष रूपमा भने पत्रकार मारिएको कुरा ‘उच्च सम्भावना’ मात्र भएको बताए । 

घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुबै अधिकारीले अनुरोध गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया