दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे ।
पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा छक्का प्रहार गर्दै भेटायाे । लुम्बिनीका लागि दक्षिण अफ्रिकाका अलराउन्डर श्याडली भान स्खलक्विकले अन्तिम बलमा छक्का प्रहार गर्दै ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले ३९ रन बनाए । बलिङतर्फ पाेखराका विपीन खत्री र कुशल मल्लले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३३ रन बनायाे । पाेखराका लागि कुशल मल्लले ६१ र श्रीलङ्काका उपुल थराङ्गाले ४२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका अलराउन्डर स्खलक्विकले तीन विकेट लिए ।
लुम्बिनी लगातार तेस्राे खेल जित्दै अङ्क तालिकाकाे शीर्ष स्थानमा छ भने लगातार तेस्राे खेल हारेकाे पाेखरा तालिकाकाे पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।