दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएकाे पहिलाे खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायाे । सुपर ओभरमा लुम्बिनीले दिएकाे २० रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले १० रनमात्र बनाउन सक्याे ।
यसअघि फार वेस्टले दिएकाे एक सय ३८ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३७ रन बनायाे । लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुई/दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायाे । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।
लुम्बिनी लगातार चाैथाे जित निकाल्दै आठ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । एक खेल कम खेलेकाे फार वेस्ट दुई अङ्कसहित चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।